Harsamaya
७ बुँदे माग राख्दै सार्वजनिक यातायात बचाऊ संघर्ष समिति प्रदर्शनमा
प्रदर्शनमा सहभागी व्यवसायी सरोज सिटौलालगायत ।

काठमाडौं - सार्वजनिक यातायात बचाऊ संघर्ष समितिले आइतबार माइतीघरमा विरोध प्रदर्शन गरेको छ । 

आज यातायात सम्बन्धी ७ बुँदे माग पुरा गराउनको लागि सरकार समक्ष दबाब सिर्जना गर्नका लागि विरोध प्रदर्शन गरेको हो । 

समितिले विदेशी एप्लिकेसन मार्फत निजी २ (दुई) तथा ४ (चार) पाङ्ग्रे सवारी साधनले गैरकानुनी रूपमा आफू खुसी भाडा तोकी यात्रुहरूलाई सेवा दिइरहेको कार्य तत्काल बन्द गर्न माग गरेको छ ।

प्रदर्शनमा सहभागी व्यवसायी सरोज सिटौलाले राजनीतिक पार्टीको एजेण्डा नभई नितान्त सार्वजनिक यातायात बचाएर गरि खान देउ भन्नको लागि यातायात व्यवसायीहरू सडकमा आएको बताए ।  

उनले भने,‘नेपाली यात्रु वाहक सवारी साधन, माल वाहक सवारी साधन हाम्रो विस्थापित भइसक्यो । अब रातो प्लेटका कारण हामी पनि विस्थापित हुने समय भयो । हामी कुनै राजनीतिक एजेण्डा लिएर आएका हैनौँ । नितान्त सार्वजनिक यातायात बचाएर गरि खान देउ भन्नको लागि हो । लाखौँ यातायात व्यवसायी र स्व रोजगार साथीहरूलाई विस्थापित गर्ने ऐन आएको छ त्यो फिर्ता हुनुपर्छ ।’

साथै उनले पटक-पटक सरकारसँग गरेका मागहरू र सर्वोच्चको गरेको निर्णय कार्यान्वयन गर्नुपर्ने बताए ।  

संघर्षका कार्यक्रमका मागहरू यस्ता छन् :
१.बागमती प्रदेश सरकारको सवारी तथा यातायात व्यवस्था ऐन २०७५ को दफा १३ को उपदफा ४ तत्काल खारेज गर्न माग गर्दछौं ।
२.विदेशी एप्लिकेसन मार्फत निजी २ (दुई) तथा ४ (चार) पाङ्ग्रे सवारी साधनले गैरकानुनी रूपमा आफू खुसी भाडा तोकी यात्रुहरूलाई सेवा दिइरहेको कार्य तत्काल बन्द गर्न माग गर्दछौं ।
३.बागमती प्रदेश सरकारले मिटर जडित ट्याक्सीको सट्टा भर्नामा लगाएको सिण्डिकेट खारेज गरि संघीय सरकारले तयार पारेको मापदण्ड यथाशीघ्र लागू गरी सट्टा भर्नाको समस्या समाधान गर्न माग गर्दछौं।


 

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  १४:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update