चौतारामा जुवातास खेलिरहेका पाँच जना पक्राउ

सिन्धुपाल्चोक - चौतारा साँगाचोकगढी नगरपालिका-५ नवलपुर चोकस्थित संकल्प होटल एण्ड भोजनालयको कोठाभित्र जुवातास खेलिरहेको अवस्थामा होटल संचालक सोही नगरपालिका-६ बस्ने ४० वर्षीय राकेश बस्नेत सहित ५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६९ हजार ७ सय ३० रुपैयाँ र तास ३ बुक सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२ २१:४५
प्रतिक्रिया दिनुहोस्