Harsamaya
चारवटा संसदीय समितिको बैठक बस्दै
संसद सिचवालय ।

काठमाडौं - संघीय संसद् अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दैछ । शुक्रबार पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति, सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठक बस्न लागेको हो ।  बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा विद्युत विधेयक, २०८० माथि संशोधन सहित दफाबार छलफल गरिने कार्यसूची रहेको छ ।

यसैगरी विधायन व्यवस्थापन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि दफावार छलफल गरिनेछ । सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा शान्ति प्रक्रिया, संक्रमणकालिन न्यायका सम्बन्धमा हालसम्म भएका काम कारबाही र सो सम्बन्धमा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको भावी कार्ययोजनाहरुमा छलफल गरिनेछ । 

यसैगरी आज संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठक बिहान ११ बजे बस्ने भएको छ । बैठकमा अनुगमन कार्यक्रमका सम्बन्धमा छलफल गरिनेछ । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  ०८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update