रेखा थापाको नाटक ‘मीरा’ पोष्टपोण्ड

काठमाडौं - रेखा थापा अभिनीत नाटक ‘मीरा’ पोष्टपोण्ड भएको छ ।
आजको असहज राजनीतिक परिस्थितिका कारण आजको लागि तय गरिएको ‘कान्तिपुर थिएटर’ को उद्घाटन तथा नाटक ‘मीरा’ को प्रिमियर दर्शक, कलाकार तथा अतिथिहरूको सुझाव र सुरक्षालाई मध्यनजर गर्दै हाललाई स्थगित गरिएको जनाइएको छ।
‘हामी अत्यन्तै दुःखी र क्षमाप्रार्थी छौं, दर्शकहरूले प्रतिक्षा गर्नुभएको कार्यक्रममा आज सहभागी हुन सक्नु भएन, अब हाम्रो नाटक घरको उद्घाटन र ‘मीरा’ को मञ्चन यही आउँदो सोमबार (जेठ १९ गते) हुनेछ’, कान्तिपुर फिल्म एकडेमीले भनेको छ ।
एकेडेमीका अनुसार टिकट बुकिङ गरेका दर्शकहरूको टिकट जेठ १९ गतेको लागी सुरक्षित रहनेछ ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२ ११:५३
प्रतिक्रिया दिनुहोस्