Harsamaya
सुनचाँदीको मूल्य घट्यो
प्रतिकात्मक तस्वीर : हर समय/Har Samaya

काठमाडौं - बिहीबार सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले घटेर १ लाख ८७ हजार ८ सयमा कारोबार भइरहेको छ ।

गत बुधबार सुन तोलाको १ लाख ८९ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

साथै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  ११:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update