Harsamaya
तोलामा १६ सयले घट्यो सुनको मूल्य
प्रतिकात्मक तस्वीर ।

काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँ घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ८९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुन प्रतितोला एक लाख ९० हजार ९०० रुपैयाँमा करोबार भएको थियो । 

आज चाँदी प्रतितोला १० रुपैयाँ बढेर दुई हजार पाँच रुपैयाँमा कारोबार भइरहेको छ । 

मंगलबार चाँदी एक हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  १२:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update