काठमाडौं - अष्ट्रेलियाको क्विन्सल्याण्डमा रहेका तामाङ समुदाय एकीकृत हुँदै ‘तामाङ सोसाइटी अफ क्विन्सल्याण्ड’ स्थापना गरेका छन्। नेपालबाट अध्ययन र रोजगारीको सिलसिलामा क्विन्सल्याण्ड पुगेका तामाङहरूले सन् २०२४ देखि अघि बढाएको प्रयास अन्ततः सफल भएको हो।
संस्थाको अध्यक्षमा विजय तामाङ चयन भएका छन्। उपाध्यक्षमा लक्ष्मी तामाङ, सचिवमा सुर्य लामा, कोषाध्यक्षमा सविन लामा ब्लोन,सह-कोषाध्यक्षमा अनिता ब्लोन चयन भएका छन् । यस्तै सांस्कृतिक संयोजकमा पवन लामा, सह-संयोजकमा विशाल गोङ्बा, युवा संयोजकमा सविन लामा स्याङ्तान र सह-संयोजकमा कर्म लामा चयन भएका छन् । कार्यसमिति सदस्यहरू राज तामाङ, अभिषेक तामाङ, सरोज (अइका) लामा, विमला तामाङ र सुरेश ब्लोन तामाङ छानिएका छन् ।
संस्थाको कार्यकाल सन् २०२७ सम्म रहनेछ। गैरसरकारी संस्था (NGO)का रूपमा दर्ता गरिएको यो सोसाइटीले सामाजिक तथा सांस्कृतिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्ने जनाएको छ। संस्थाले स्थापना प्रक्रियामा साथ दिने सबैलाई धन्यवाद व्यक्त गरेको छ।

