सुनको मूल्य घट्यो

काठमाडौं - नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ९० हजार ९०० रुपैयाँ कायम भएको छ ।
यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९१ हजार १०० रुपैयाँ थियो ।
यसैगरी चाँदीको मूल्य तोलामा २ हजार ९९५ रुपैयाँ कायम भएको छ । यसअघि सोमबार चाँदीको मूल्य तोलामा २ हजार ५ रुपैयाँ कायम भएको थियो । यस आधारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य तोलामा सामान्य घटेको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२ ११:१२
प्रतिक्रिया दिनुहोस्