कपिलवस्तुमा आगलागीमा परेर दिदीभाइको मृत्यु
काठमाडौं - कपिलवस्तुमा आगलागीमा परेर दिदीभाइको मृत्यु भएको छ । आइतबार साँझ खाना पकाउने क्रममा ग्यासको सिलिन्डर लिक भएर आगलागी हुँदा शुद्धोदन गाउँपालिकाको जयनगरमा १८ वर्षीय सोनम यादव र उनका भाइ शिवकुमार यादवको मृत्यु भएको हो ।
सोनमको भैरहवामै र शिवकुमारको भारतको गोरखपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । उनीहरू नेपाल राष्ट्रिय उच्च मावि मुडफुटवाका विद्यार्थी हुन् ।
उनीहरूको शव भैरहवा ल्याएर भीम अस्पतालमा पोस्टमार्टमको लागि राखिएको छ । सोनम कक्षा १० मा अध्ययनरत थिइन् । उनको मृत्युपछि विद्यालयले आज शोक बिदा घोषणा गरेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२ १४:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

