Harsamaya
बागमती प्रदेशको प्रदेश खेलकुद परिषद्ले २ करोड १६ लाखको सामान सोझै खरिद
बागमती प्रदेशको प्रदेश खेलकुद परिषद् हेटौंडा ।

हेटौँडा - बागमती प्रदेशको प्रदेश खेलकुद परिषद् हेटौंडाले २ करोड १६ लाखको सामान सोझै खरिद गरेको पाइएको छ । बितेको आर्थिक वर्षमा खेलकुद परिषद्ले ठूलो रकमलाई ४४ वटा टुक्रा बनाएर विभिन्न फर्महरूलाई वितरणमुखी ढंगले सोझै खरिद गरेको हो ।

सार्वजनिक खरिद ऐन अनुसार २० लाख रुपैयाँ भन्दा माथिको रकममा काम गर्दा ठेक्का मार्फत गराउनुपर्ने कानुनी व्यवस्था रहेको भएपनि २ करोड भन्दा धेरै रकमको काम सोझै खरिद गरेकोमा महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ ।

खेलकुद परिषद्ले ४४ वटा र्फमबाट अन्तर प्रदेश राष्ट्रिय खेलकुदको उद्घाटन र समापनका लागि भनेर खेल स्थल निर्माण, खेल सामाग्री खरिद, साउण्ड सिस्टम, झण्डा, खादा, छपाइ सम्बन्धी काम लगायतका क्षेत्रमा सोझै खरिद गरेकोमा महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको हो ।

यसैगरी महालेखाले यस परिषद्ले बितेको आर्थिक वर्षमा विभिन्न संघ संस्थालाई दिएको अनुदानका विषयमा पनि प्रश्न उठाएको छ । अनुदान रकम दिएपनि काम भए नभएको र अनुदानको सदुपयोग भए नभएको विषयमा महालेखाले प्रश्न गरको हो । 


 

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  ०९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update