स्नातक तह तेस्रो वर्षको परीक्षा तालिका सार्वजनिक (तालिकासहित)
                            
                            
                                                        
                                                    
                                                            काठमाडौं - त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालय, बल्खुले ४ वर्षे स्नातक तह तेस्रो वर्षको परीक्षाको तालिका सार्वजनिक गरेको छ ।
शुक्रबार सूचना जारी गर्दै त्रिविले २०८१ सालको ४ वर्षे स्नातक तह तेस्रो वर्षको मानविकी, शिक्षाशास्त्र, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फका नियमित तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरूको परीक्षा तालिका सार्वजनिक गरेको हो ।
त्रिविले परीक्षा फाराम भर्न छुटेका विद्यार्थीहरूको दोब्बर दस्तुर तिरी फाराम भराई सबै प्रक्रिया पुर्याई जेठ १५ सम्म परीक्षा नियन्त्रण कार्यालय बल्खुमा बुझाउन पनि क्याम्पसहरूलाई अनुरोध गरेको छ ।
परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ ।



प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  २२:२७
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
