Harsamaya
भारतमा कोभिड संक्रमित दुई जनाको मृत्यु
सांकेतिक तस्वीर: हर समय/Har Samaya

भारत - मुम्बईको केईएम अस्पतालमा सोमबार दुई जना कोभिड पोजिटिभ बिरामीको मृत्यु भएको छ।

तर, उनको मृत्यु कोभिडका कारण नभई दीर्घकालीन रोगका कारण भएको चिकित्सकहरूले बताएका छन् । एक बिरामीलाई मुखको क्यान्सर र अर्कोलाई मृगौला रोग नेफ्रोटिक सिन्ड्रोम थियो। तर, उनीहरू थप कोभिड संक्रमित भने थिए ।

यसैबीच, एसियाको सिंगापुर, हङकङ, चीन र थाइल्याण्डमा कोरोना भाइरसका केसहरू फेरि बढिरहेका छन्। यी देशहरूमा नयाँ केसहरूको संख्या बढ्दै गएको छ। 

सिंगापुरमा मे १ देखि मे १९ सम्म ३ हजार कोभिडका बिरामी भेटिएका छन् । अप्रिलको अन्तिम सातासम्म यो संख्या ११ हजार १ सय थियो । यहाँ केसहरूमा २८ प्रतिशतले वृद्धि भएको जनाइएको छ। 

उता, जनवरी देखि हङकङमा ८१ केसहरू सामुन्ने आएका छन्। जसमध्ये ३० जनाको मृत्यु भइसकेको छ भने चीन र थाइल्याण्डमा पनि अलर्ट जारी गरिएको छ । 

यद्यपी यहाँ बिरामीको संख्याबारे भने केही जानकारी दिइएको छैन । भारतमा जनवरी १ देखि मे १९ सम्म २५७ केस रिपोर्ट गरिएको छ।

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  १६:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update