माओवादी केन्द्रको अभियान कर्णाली प्रदेशमा प्रवेश
-1747543246.jpg)
दैलेख - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोली आज सुदूरपश्चिमबाट कर्णाली प्रदेशमा पुगेको छ । मध्यपहाडी लोकमार्ग केन्द्रित माओवादी केन्द्रको अभियान सुदूरपश्चिममा सकिएपछि कर्णाली प्रदेशमा प्रवेश गरेको हो ।
बैतडीको पाटनमा उद्घाटन कार्यक्रममा कम्युनिस्ट पार्टीको झण्डा र नेपालको राष्ट्रिय झण्डा फहराइएको थियो । उक्त झण्डा सुदूरपश्चिम इन्चार्ज गिरिराजमणि पोखरेल नेतृत्वको टिमले कर्णाली इन्चार्ज कालीबहादुर मल्ल नेतृत्वमा रहेको टिमलाई हस्तान्तरण गरेका छन् ।
अध्यक्ष दाहालले सुदूरपश्चिम प्रदेशप्रति धन्यवाद व्यक्त गर्दै राकम पुल हुँदै सुर्खेतबाट कर्णाली प्रदेशमा प्रवेश गरेका हुन् ।
प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२ १०:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय