Harsamaya
मेक्सिकोको नौसेनाको एक जहाज न्युयोर्कमा दुर्घटना
मेक्सिकोको नौसेनाको एक जहाज न्युयोर्कमा दुर्घटना ।

मेक्सिको - मेक्सिकोको नौसेनाको एक जहाज न्युयोर्कको पुलमा ठोक्किएको छ । मेक्सिकोको एउटा ठुलो प्रशिक्षण जहाज न्युयोर्कको ब्रुकलिन पुलमा ठोक्किएर क्षतिग्रस्त भएको छ । जहाज ठोक्किएको एक भिडियो सार्वजनिक भएको छ ।

शनिबार उक्त जहाज पुलमुनिबाट जाँदै गर्दा जहाजको एक अग्लो खम्बा पुलमा ठोक्किएको थियो । त्यसपछि उक्त जहाजको खम्बा सोही जहाजमा झरेको थियो ।

अमेरिकी मिडियाहरूले उक्त घटनामा परी केही व्यक्तिहरू घाइते भएको बताएका छन् । मेक्सिकोको नौसेनाले पनि जहाज क्षतिग्रस्त भएको पुष्टि गर्दै घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  ०९:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update