Harsamaya
तीनवटा संसदीय समितिको बैठक बस्दै
संघीय संसद सिचवालय ।

काठमाडौं - संघीय संसद अन्तर्गतको  तीन वटा समितिको बैठक आज बस्दै छ ।आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

आज दिउँसाे साढे ३ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा  विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन पेश गरिने कार्यसूची रहेको छ ।

यस्तै, बिहान ११:३० बजे बस्ने  विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा  नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा उधोग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट हालसम्म भएका कामकारवाही प्रगति एवं आगामी कार्ययोजनामा छलफल गरिने कार्यसूची रहेको छ । बैठकमा नेपाल अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट हालसम्म भएका कामकारबाही प्रगति एवं आगामी कार्य योजनामा छलफल गरिने कार्यसूची रहेको छ ।

यसै गरी आज विधायन व्यवस्थापन समितिको ६९ औँ बैठक पनि बस्दै छ । दिनको १ बजे बस्ने बैठकमा ऐन कार्यान्वयन मापनको स्थलगत अध्ययनको समीक्षा सम्बन्धमा छलफल गरिने छ ।

 

 

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  ०८:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update