Harsamaya
प्रधानमन्त्री र जापानका उपपरराष्ट्रमन्त्री आकिकोबीच भेटवार्ता
जापानका उपपरराष्ट्रमन्त्री इक्युना आकिको र प्रधानमन्त्री केपी शर्मा ओली। 

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसँग सगरमाथा संवादका लागि नेपाल आएका जापानका उपपरराष्ट्रमन्त्री इक्युना आकिकोले आज शिष्टाचार भेट गरेकी छन् ।

प्रधाननमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र जापनबीच समस्यारहित मैत्री सम्बन्ध रहेको उल्लेख गर्दै जलवायु परिवर्तन अहिलेको समयको एक जल्दोबल्दो समस्या भएकाले सगरमाथा संवादमा जापान सरकारको नेतृत्व गरेर सहभागी भएकामा उपमन्त्री इक्युनालाई धन्यवाद दिए ।

प्रधानमन्त्री ओलीले अनुकूल पूर्वाधार निर्माण, वातावरणीय दिगोपना र विपद् जोखिम न्यूनीकरणमा जापानी अनुभव आफूहरुका लागि उपयोगी हुने विश्वास व्यक्त गरे । उपमन्त्री इक्युनाले आर्थिक विकास, शिक्षा, मानवीय स्रोत र वातावरण एवं संस्कृति संरक्षणमा जापानबाट हुँदै आएको बहुपक्षीय र प्राविधिक सहयोग निरन्तर रहने बताइन् ।

भेटका अवसरमा नेपालका लागि जापानी राजदूत माइदा तोरु, पराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए । 

प्रकाशित मिति: शनिबार, जेठ ३, २०८२  १८:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update