निजामती अस्पतालले साँझमा पनि सेवा दिने

काठमाडौं - निजामती कर्मचारी अस्पतालले साँझमा पनि सेवा सञ्चालन गर्ने भएको छ । अस्पतालको बोर्ड बैठकले जेठ ४ गतेदेखि रात्रि सेवा सञ्चालन गर्न लागेको हो ।
साँझ ४ देखि ८ बजेसम्म सेवा सञ्चालन गर्ने अस्पतालले जनाएको छ । निजामती कर्मचारीहरूबाट धेरै गुनासाहरू आएकाले सेवा सञ्चालन गरेको अस्पताल बोर्डले एक सूचना जारी गर्दै जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२ २०:१२
प्रतिक्रिया दिनुहोस्