Harsamaya
नेपाल बंगलादेशसँग पराजित, सेमिफाइनलबाट बाहिरियो
सांकेतिक तस्वीर ।

काठमाडौं- साबिक विजेता बंगलादेशसँग नेपाल २–१ ले पराजित भएको छ ।

यस पराजयसँगै नेपाल दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१९ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ ।

शुक्रबार भारतको अरुणाञ्चालस्थित गोल्डन जुब्ली रशंगशालामा बंगलादेशलाई जित दिलाउन अशिकुर रहमान र कप्तान नज्मुल हुँदा फैसलाले गोल गरेका थिए भने नेपालका लागि सुजन डंगोलले गोल फर्काएका थिए ।

खेलको दोस्रो हाफको ७३औं मिनेटमा अशिकुरको गोलमार्फत बंगलादेशले अग्रता लिएको थियो भने त्यसको ८ मिनेट पछाडी नै नज्मुलले टोलीको अग्रता दोब्बर बनाउन सफल भए ।

निर्धारित समय सकिन ३ मिनेट बाँकी रहँदा सुजनले गोल गर्दै नेपाललाई खेलमा फर्काउन प्रयास गरे पनि त्यो समय अभावका कारण पर्याप्त बन्न भने असफल भयो ।

समूह चरणमा श्रीलंकाविरुद्ध ५–० को सानदार जित निकालेको नेपालले घरेलु टोली भारतसँग ४–० को फराकिलो हार बेहोरेको थियो । यता माल्दिभ्ससँग २–२ को बराबरीमा रोकिदा बंगलादेशले भुटानलाई ३–० ले हराएको थियो ।

अब बंगलादेशले उपाधिका लागि भारत र माल्दिभ्सबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  १८:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update