Harsamaya

काठमाडौं -  राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै आज सर्वोच्चले सो आदेश दिएको हो । यससँगै मिश्र हिरासत मुक्त हुने भएका छन् । 

न्यायाधीश तीलप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासमा बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाइ भएको थियो । उनि गत चैत्र  १५ गते राजावादी आन्दोलनमा पक्राउ परेका थिए । 

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  १८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update