राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं - संघीय संसद अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दै छ । शुक्रबार सिंहदरबारमा बिहान अहिले ८ बजे बैठक बस्न लागेको हो ।
आज बस्ने बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा समितिको अन्तिम मस्यौदा प्रतिवेदन माथि छलफल गरिने कार्यसूची रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२ ०७:४७
प्रतिक्रिया दिनुहोस्