Harsamaya

काठमाडौं - गायक राजेश पायल राई र मेलिना राईको स्वर रहेको ‘साकेला जाउँ’ बोलको गीतको भिडियो रिलिज गरिएको छ ।

किराँत समुदायको पितापूर्खाको सम्झना गर्ने, उनीहरूबाट आशिर्वाद लिने र किरात समुदायमा जन्मदेखि मृत्युसम्म गरिने कर्म वा संस्कार झल्कने खालको  गीतमा दक्षिण राईले संगीत भरेका छन् भने गीतको एरेन्जरका रूपमा सागर संसार राई रहेका छन् ।

सङ्खुवासभाली किराँत युवाहरूको अगुवाइमा उँभौली पर्वको अवसर पारेर सार्वजनिक गीतको भिडियो छायाँकन गंगाराम राईले गरेका छन् ।  भिडियो निर्मातामा युवराज राई र सरस्वती राई रहेका छन् ।

भिडियो सम्पादन जोन राईले गरेका छन् । गीतको भिडियोमा जोन राई र मनिसा राईको अभिनय देख्न सकिन्छ । किरात समुदायभित्र विभिन्न भाषिक समुदायहरू रहेको र हाल २८ भन्दा बढी भाषिक समुदायहरू रहेको ‘साकेला जाउँ’ गीतका रचनाकार युवराज राईले बताए ।
 

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  २०:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update