मोहन बस्नेत सांसद पदबाट निलम्बित

काठमाडौं - प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित हुने भएका छन्।
सिन्धुपाल्चोक-२ बाट निर्वाचित कांग्रेस सांसद बस्नेतबिरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएसँगै उनको पद निलम्बन हुने भएको हो ।
अब उनी संघीय संसद भवन र समितिहरूका बैठकमा भाग लिन पाउने छैनन्। उनको तलब भत्ता पनि रोकिनेछ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बस्नेतसहित १६ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालतमा ३ अर्ब ३१ करोड बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ।
भ्रष्टाचार निवारण ऐनको दफा ३३ मा भ्रष्टाचार मुद्दा दायर भएसँगै सांसद पद निलम्बन हुने व्यवस्था छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२ १३:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय