Harsamaya
तीनवटा समितिको बैठक बस्दै
संसद सचिवालय ।

काठमाडौं - संघीय संसद अन्तर्गत आज विभिन्न तीनवटा समितिको बैठक बस्दैछ । आज विधायन व्यवस्थापन समिति, संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) २०८० को बैठक बस्न लागेको हो ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा निर्माणाधीन संघीय संसद भवनको हालसम्मको प्रगति तथा समसामयिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा स्थलगत अनुगमन, अन्तरक्रियालगायत समितिको कार्ययोजना कार्यान्वयन सम्बन्धमा छलफल हुनेछ ।

विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक–२०८१ को मस्यौदा प्रतिवेदनमा छलफल हुनेछ ।
 

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  ०८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update