Harsamaya
मिश्र र प्रसाई थप ५ दिन हिरासतमा बस्नु पर्ने
विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं ।

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र थप ५ दिन हिरासतमा बस्नु पर्ने भएको छ।

उनीसँगै विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायत पनि थप ५ दिन हिरासत बस्ने भएका हुन् ।

काठमाडौं जिल्ला अदालतले प्रहरीले थप अनुसन्धानका लागि उनीहरूलाई हिरासतमा राख्ने अनुमति दिएको हो ।

उनीहरू माथि राज्यविरूद्धको कसुर र संगठित अपराध मुद्दा चलिरहेको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  २१:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update