
काठमाडौं - सरकारले दक्षिण कोरिया अध्ययन गर्न जाने विद्यार्थीहरूको अध्ययन अनुमति पत्र (एनओसी) नदिने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आइतबार बसेको बैठकले अनओसी जारी गर्ने कार्य हाललाई स्थगित गरेको हो ।
दक्षिण कोरियामा डिटु र डिफो (D2 र D4) भिसामा अध्ययन गर्न जाने विद्यार्थीहरू (विशेष गरी अण्डर ग्रयाजुएट कोर्स अध्ययन गर्न) मा शुरूदेखि नै रोजगारीमा बढि प्राथमिकताका कारण अध्ययनमा निरन्तरता नहुने, स्टडी हावर कम भएका विश्वविद्यालयमा भर्ना हुने, पैसा कमाउने प्राथमिकताका कारण अध्ययनको निरन्तरतामा समस्या आउने, काम पाउन नसक्नेहरूमा मानसिक समस्या तथा डिप्रेसनमा पर्ने, कोरिया सरकारले कालो सूची (Black List) मा राखेका विश्वविद्यालयहरुमा समेत विद्यार्थी पठाउने गरेको, जस्ता समस्याहरू देखिएकोले कोरियामा अध्ययन गर्न जाने व्यवस्थामा व्यवस्थित एवं नियमन गर्नुपर्ने आवश्यकता देखिएकाले अनओसी हाललाई स्थगित गरेको सूचनामा भनिएको छ ।