दुई वटा समितिको बैठक बस्दै

काठमाडौं - संघीय संसद अन्तर्गत दुई वटा समितिको बैठक बस्दै छ । आज पूर्वाधार विकास समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।
बिहान ९ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा समितिको वार्षिक मस्यौदा प्रतिवेदन, २०८१ तथा समितिमा प्राप्त उजुरीबारे छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, बिहान ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा मलेसियाका सांसदसँग संसदीय प्रक्रियाका बारेमा अनुभव आदानप्रदान गर्ने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२ ०८:२०
प्रतिक्रिया दिनुहोस्