 
                                                            काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले जारी संसद अधिवेशनबाट ६ विधेयक पारित गर्न अनुरोध गरेका छन् ।
आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले ६ विधेयक पारित गर्न अनुरोध गरेका हुन् ।
‘हाम्रा नीतिहरू कार्यान्वयनका लागि निम्न ऐनहरू अत्यावश्यक छन्, म यस सम्मानित सदनसँग विचाराधिन विधेयकहरू शीघ्र पारित गर्न पनि विनम्र अनुरोध गर्न चाहन्छु,’ प्रधानमन्त्री ओलीले भने ।
उनका अनुसार यी हुन् ६ विधेयक जो यसै अधिवेशनबाट पारित गराउन सरकारले खोजिरहेको छ । जसअनुसार,
 
१,    वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक
२,    संघीय निजामती सेवासम्बन्धी विधेयक 
३,    नेपाल प्रहरीसम्बन्धी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेका विधेयक
४,    विद्यालय शिक्षा विधेयक
५,    नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक 
६,    नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक


 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                    