Harsamaya
क्रिश्चियन गीत गरेकोमा सुरबीर पण्डितले माफे मागे
कलाकार सुरवीर पण्डित ।

काठमाडौं - क्रिश्चियन गीतमा अभिनय गरेको भन्दै कलाकार सुरवीर पण्डितले माफी मागेका छन् ।

केही दिन अघि उनले सो धर्मको प्रचार हुने गरी अभिनय गरे पछि व्यापक आलोचना भएको थियो । उनले एउटा भिडियो सन्देश मार्फत माफी मागेका हुन् । 

‘कलाकार भए पछि जे पनि गर्न तयार हुनुपर्छ भन्ने मान्यता अनुसार मैले केही दिन अघि क्रिश्चियन गीतमा अभिनय गरेको थिएँ तर सो गीतमा मेरा धेरै गुरू अग्रज र शुभचिन्तकहरूले आलोचना गर्नु भएको छ, हाम्रो उदेश्य अभिनय मात्रै गर्न थियो, अरू थिएन्,’ उनले माफी माग्दै भनेका छन, ‘यो गीतमा अभिनय गरेर गल्ती गरेको अनुभूति भएको छ, हामी सबै माफी माग्दछौं, अब यस्तो गल्ती हामीबाट हुन्न ।’

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  १२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update