राष्ट्रियसभा बैठक बस्दै, प्रधानमन्त्री ओलीले जवाफ दिने
-1739183540.png)
काठमाडाैं - संघीय संसद् अन्तर्गतको राष्ट्रियसभाको बैठक पनि आज बस्दै छ । आज दिउँसो सवा १ बजे बस्ने बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ। प्रधानमन्त्री ओलीले जवाफ दिएपछि नीति तथा कार्यक्रममाथि पेस भएका संशोधन प्रस्तावलाई निणयार्थ प्रस्तुत गरी आजै पारित गर्ने कार्यसूचीमा उल्लेख छ ।
यस्तै आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२–०८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२ ०७:५९
प्रतिक्रिया दिनुहोस्