जम्मु ,पठनकोट र उधमपुरमा पाकिस्तानी आक्रमण भएका भारतकाे दाबी , पाकिस्तानले गर्यो अस्वीकार

भारत - भारतले जम्मु, पठनकोट र उधमपुरस्थित सैनिक क्याम्पहरूमा बिहीबार राति पाकिस्तानले ड्रोन र मिसाइल आक्रमण गरेको दाबी गरेको छ । भारतको रक्षा मन्त्रालयले आक्रमण भए पनि ती सबै आक्रमणहरूलाई निष्क्रिय पारिएको जनाएको छ । भारतका अनुसार, कुनै पनि प्रकारको मानवीय वा भौतिक क्षति भएको छैन ।
भारतको रक्षा मन्त्रालयले वक्तव्य जारी गर्दै भनेको छ, ‘पाकिस्तानबाट आएको ड्रोन तथा मिसाइल आक्रमणलाई भारतको हवाई सुरक्षा प्रणालीले सफलतापूर्वक रोक्न सफल भएको छ । भारत आफ्नो सार्वभौमिकता र नागरिकहरूको सुरक्षामा पूर्ण रूपमा प्रतिबद्ध छ ।’
यसैबिच पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले भने आक्रमणको दाबी अस्वीकार गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२ ०७:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय