Harsamaya
दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं -  संघीय संसद अन्तर्गत दुई वटा समितिको बैठक आज बस्दै छ ।

आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । विधायन व्यवस्थापन समितिको बैठक सिंहदरबारमा दिनको १ बजे बस्ने भएको छ । बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल गरिने कार्यसूची रहेको छ । 

यस्तै, आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरू (गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला, उत्तर दक्षिण (कोशी कोरिडोर) लोकमार्ग, रेल्वे तथा मेट्रो विकास आयोजना, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम) को स्थलगत अनुगमन प्रतिवेदनको मस्यौदा माथि छलफल गरिने कार्यसूची रहेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  ०७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update