रिसोर्टको बाथरूममा लडेका थिए प्रचण्ड

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’आफ्नो घरमा नभइ ललितपुर लाँकुरी भञ्ज्याङस्थित टेरेस रिसोर्टमा लडेको खुलेको छ ।
मंगलबार दिउँसो परिवारका केही सदस्य र आफन्तसहित उनी सो रिसोर्ट पुगेका थिए । उनीहरु राति १२ बजे नै सो रिसोर्टबाट फर्किएका थिए । उनी बाथरुममा लडेर घाइते भएपछि राति नै सो होटलबाट फर्किएको खुलेको हो ।
प्रचण्ड पुत्री गंगा दाहालले आफ्नो फेसबुक पेजमा गएराति बाथरुममा चिप्लिएर बुबाको निधारमा सामान्य बाहिरी चोट लागेकाले नजिकको मेडिसिटी अस्पताल लगेको उल्लेख गरेकी छिन् । तर, घरमा नै हो कि रिसोर्टमा भन्नेबारेमा भने उनले खुलाएकी थिइनन् ।
टेरेस ललितपुरको निकै महंगो रिसोर्ट मानिन्छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२ १६:१८
प्रतिक्रिया दिनुहोस्