Harsamaya
चार वटा संसदीय समितिको बैठक बस्दै, यस्ताे छ कार्यसूची
संघीय संसद ।

काठमाडौं - संघीय संसद अन्तर्गत आज विभिन्न चार वटा संसदीय समितिको बैठक बस्दै छ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान पौने ९ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा वैदेशिक भ्रमण लगायत समसामयिक विषयहरूमा परराष्ट्रमन्त्री र सचिवसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, बिहान ११ बजे बस्ने संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८०–८१ माथि छलफल हुने कार्यसूची छ ।

विधायन व्यवस्थापन समितिको बैठक पनि बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने छ । बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल गर्ने कार्यसूची छ ।  

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बार पाक क्षेत्रमा भूकम्पपछि भएको पुनर्निर्माण सम्बन्धमा अनुगमन कार्यक्रमको समीक्षा गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  ०९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update