Harsamaya
सुन तोलामा ५ हजार ३०० ले बढ्यो
प्रतिकात्मक तस्वीर ।

काठमाडौं - नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार सुन तोलामा ५ हजार ३०० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य ह्वात्तै बढेको हो । 

आज छापावाल सुन तोलामा १ लाख ८९ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार ६०० रुपैयाँ कायम भएको भएको थियो । 

यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १ हजार ९१० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  १०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update