Harsamaya
रविन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ।

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

थपिएको म्याद सकिएसँगै आज पुन: उनलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको थियो।

अदालतले आइतबार छैटौंपटक म्याद थप गर्दै मिश्रलाई अझै पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो।

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  २०:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update