Harsamaya
सुनको मूल्य बढ्दा चाँदीको घट्यो 
सुनचाँदी पसल ।

काठमाडौं - साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ६ सय रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ६ सयले बढेर एक लाख ८४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको एक लाख ८३ हजार ५ सयमा कारोबार भएको थियो ।

आज चाँदी भने तोलामा २० रुपैयाँले घटेर १९१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update