Harsamaya
कान्ति र पूर्व पश्चिम राजमार्ग अझै अवरुद्ध, अरू तीन राजमार्ग एकतर्फी सञ्चालन
पूर्वपश्चिम राजमार्ग ।

काठमाडौं - गएरातिदेखि परेको अविरल वर्षासँगै देशका विभिन्न राजमार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार कान्ति लोकपथ र पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएका छन् । कान्ति लोकपथ ललितपुर जिल्लाको बालुवा गाउँपालिका-२ मा अवरुद्ध भएको छ । यस्तै पूर्व पश्चिम राजमार्ग नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका -२ चौसठ्ठीमा वर्षाका कारण अवरुद्ध भएको हो । 

यस्तै, विनयी त्रिवेणी गाउँपालिका -१ विनयी खोलामा बाढी आएर अवरुद्ध भएको सडक एकतर्फी खुलेको छ । यस्तै, पृथ्वीलोक मार्ग र अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा आएका छन् । अरनिको राजमार्गको भोटेकोशी गाउँपालिका-२ कोप्लाङमा सडक एकतर्फी खुलेको छ । जहाँबाट साना सवारी साधनमात्रै सञ्चालनमा आएका छन् । 

पृथ्वीलोक मार्ग धादिङको बेनीघाटरोराङ गाउँपालिका -७ कृष्णभीरमा पहिरो गएको छ । पहिरोका कारण अवरुद्ध सडक एकातर्फी रूपमा सञ्चालनमा आएको छ । 

police-1746336786.jpg
 

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  ११:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update