Harsamaya
चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको ५१ दिन मनायो 
चलचित्र ‘अञ्जिला’ प्रदर्शनको ५१ दिन पुरा मनायो ।

काठमाडौं - मिलन चाम्स निर्देशित चलचित्र ‘अञ्जिला’ले आज प्रदर्शनको ५१ दिन पुरा गरेको छ । फागुन २९ गतेबाट नेपालसहित विश्वभर प्रदर्शन भइरहेको चलचित्र ‘अञ्जिला’ले शुक्रबार सशस्त्र प्रहरी बल हलचोकमा भव्य कार्यक्रम गरी ५१ दिन मनाएको हो । 

कार्यक्रममा बोल्दै निर्देशक मिलन चाम्सले चलचित्र अझै पनि नेपालको ४५ हलहरूमा र २७ वटा देशमा प्रदर्शन भएको बताए । ‘सम्पूर्णलाई धेरै धन्यवाद ! ‘अञ्जिला’ को २७ वटा देशमा राम्रो प्रदर्शन भइरहेको छ भने, नेपालको ४५ वटा चलचित्र भवनमा चलचित्र चलिरहेको छ यदी कसैले हेर्नुभएको छैन भने हेर्न सक्नुहुन्छ,’उनले भने ।

यस्तै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले निर्देशक मिलन चाम्स र निर्माता प्रेम श्रेष्ठको मात्र सफलता नभई चलचित्र उद्योगकै सफलता भएको बताए । उनले नेपाली महिला राष्ट्रिय फुटबल टीमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बा देशकै गहना भएको भन्दै यो चलचित्र आफैमा महत्वपूर्ण  रहेको बताए ।  

नेपाली महिला राष्ट्रिय फुटबल टीमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बा जीवनीमा आधारित यो चलचित्रमा सुनील थापा, विजय बराल, सृजना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङलगायत कलाकारले अभिनय गरेका छन् । सुदीप बरालले छायाङ्कन गरेको चलचित्रमा मिलन श्रेष्ठले सम्पादन गरेका छन्। 


 

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  २२:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update