Harsamaya

काठमाडौं - आगामी फागुनमा कार्यकाल सकिएर राष्ट्रियसभाका  १९ जना सदस्यहरू बिदा हुँदै छन् ।  जसमा एमालेका ८, माओवादी केन्द्रका ७, एकीकृत समाजवादीका १, जनता समाजवादी पार्टी नेपालका १, लोकतान्त्रिक समाजवादी पार्टीका १ र मनोनीत १ सांसद छन् ।

एमालेबाट सांसदहरूमा इन्दिरा देवी गौतम, गोपाल भट्टराई, तुलसा कुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदा देवी भट्ट र सुमित्रा बीसी छन् ।

यस्तै माओवादीबाट  गोपीबहादुर सार्की अछामी, गंगा कुमारी बेलबासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, नारायणकाजी श्रेष्ठ, मायाप्रसाद शर्मा र राधेश्याम पासवान छन् ।

एकीकृत समाजवदीका बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालका मृगेन्द्रकुमार सिंह यादव र लोकतान्त्रिक समाजवादी पार्टीका शेखरकुमार सिंहको कार्यकाल पनि आगामी फागुनमा सकिनेछ । राष्ट्रपतिबाट मनोनीत सांसद बामदेव गौतमको कार्यकाल पनि आगामी फागुनमा सकिनेछ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  ०९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update