Harsamaya
कोटिहोमले पर्यटकीय क्षेत्रमा महत्वपूर्ण फाइदा पुर्याएको छ : निर्देशक खराल
शतकुण्डीय कोटिहोमका निर्देशक शकंर खरालले पोखरामा भइरहेको कोटिहोमले विश्व समुदायमा पर्यटकीय हिसाबले उत्कृष्ट फाइदा पुर्याउने बताएका छन् । 

काठमाडौं - शतकुण्डीय कोटिहोमका निर्देशक शकंर खरालले पोखरामा भइरहेको कोटिहोमले विश्व समुदायमा पर्यटकीय हिसाबले उत्कृष्ट फाइदा पुर्याउने बताएका छन् । 

उनले अहिले विश्वका करोडौं मानिसहरूले पोखराको गतिविधि नियालिरहेको भन्दै यसबाट पोखराबासीले फाइदा लिनुपर्ने बताएका हुन् । 

उनले भने, ‘पोखराको विकास गर्ने हो भने पर्यटनको विकास बाहेक अर्को विकल्प छैन । पोखराको आफ्नो उत्पादन छैन यो क्षेत्र पर्यटन हब हो । त्यसकारण यो कोटिहोम पोखराको पर्यटकीय प्रवद्र्धनमा बिजयकृष्ण महाराजको सङकल्प गर्नुका साथै यहाँका बासिल्दाले पनि त्यसको फाइदा लिनुपर्छ । देवी प्रतिभा पोखरामा हुदाँ पोखराको गतिविधि दैनिक ५५ लाख जनाले हेरिरहेका छन् । उहाँको कारण पनि विश्वमा पोखराको विश्वव्यापी प्रचारप्रसार भइरहेको छ । शंकरा आचार्य जी आउँदै हुनुहुन्छ उहाँ आउँदा करोडौँले उहाँको गतिविधि हेर्नेछन् ।’

उनले पछिल्लो समय मोदी मुक्तिनाथ जाँदा भारतीय पर्यटकको संख्या बढेको भन्दै यो कोटिहोमले पनि राम्रो प्रभाव पार्ने बताए । ‘पोखराको पर्यटन प्रवर्द्धनमा यो कोटिहोमले पोखराबासीलाई अर्बौको नाफा दिएर जान्छ । यो कालान्तरलाई हुन्छ । पछिल्लो समय मोदी मुक्तिनाथ जाँदा ३०० गुणा भारतीय पर्यटकको संख्या बढेको थियो । त्यसैगरी भारतबाट वा अन्य क्षेत्रबाट कथा वाचकहरू आउँदा राम्रो प्रभाव पार्छ ।’ 

उनले वैशाख १६ गते ११ हजार कलशसहित ऐतिहासिक विशाल कलश यात्रा गरिने बताए । कलश यात्रा पोखराको शान्तिघाटबाट शुरु भई नयाँ बजार, पृथ्वी चोक, सिर्जना चोक, राष्ट्र बैंक चोक, हुँदै कार्यक्रम स्थलमा पुग्ने उनले जानकारी दिए । 

उनले १७ गते कोटिहोम कैलाशचन्द्र सरस्वती महाराजले उद्घाटन गर्ने पनि बताए 
 

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  १३:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update