
काठमाडौं - देशका विभिन्न प्रदेशमा आज दिउँसो र राति मौसम आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान केन्द्रले जनाएको छ। अधिकांश हिमाली, पहाडी तथा तराई क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ।
काेशी प्रदेश
दिउँसो: हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना। पहाडी तथा तराई क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित मध्यमदेखि भारी वर्षा हुन सक्नेछ।
राति: हिमालमा एक–दुई स्थानमा हल्का हिमपात। पहाड र तराईमा हल्का देखि मध्यम वर्षा सम्भावित।
मधेश प्रदेश
दिउँसो र राति दुबै समयमा आंशिकदेखि साधारण बदली रही थोरै स्थानमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षा सम्भावना।
बागमती प्रदेश
दिउँसो: हिमाली क्षेत्रमा हिमपात, पहाड र तराईमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना।
राति: हिमाल र पहाडमा एक–दुई स्थानमा वर्षा र हिमपात। तराई आंशिक बदली रहनेछ।
गण्डकी प्रदेश
दिउँसो: सबै भूभागमा आंशिकदेखि साधारण बदली, केही स्थानहरूमा वर्षा तथा हिमाली क्षेत्रमा हिमपात सम्भावना।
राति: थोरै स्थानमा हल्का वर्षा र हिमपात सम्भावना।
लुम्बिनी प्रदेश
दिउँसो: हिमाल, पहाड र तराईमा आंशिक बदलीसहित हल्का वर्षा र हिमपातको सम्भावना।
राति: केही स्थानमा हल्का वर्षा, हिमालमा बदली रहनेछ।
कर्णाली प्रदेश
दिउँसो: हिमाली क्षेत्रमा हिमपात तथा पहाडी क्षेत्रमा हल्का देखि मध्यम वर्षाको सम्भावना।
राति: केही स्थानमा वर्षा, हिमाली क्षेत्रमा बदली।
सुदूरपश्चिम प्रदेश
दिउँसो: सबै क्षेत्रमा आंशिक बदली, मेघगर्जनसहित हल्का देखि मध्यम वर्षा सम्भावना।
राति: हिमाल र पहाडमा बदली, तराईमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने।
अधिकांश प्रदेशहरूमा दिउँसो र राति वर्षा तथा हिमपातको सम्भावना रहेकाले यात्रु तथा कृषक वर्गलाई सतर्क रहन मौसमविद्हरूले आग्रह गरेका छन्। चट्याङ्गबाट सावधानी अपनाउन तथा सम्भव भएसम्म सुरक्षित स्थानमा रहन सल्लाह दिइएको छ।