सेयर बजार बढ्यो 
                            
                            
                                                        
                                                    
                                                            काठमाडौं - वर्षको पहिलो दिन सेयर बजार बढेको छ ।
नयाँ वर्षसँगै नेप्से परिसूचकले २७.१४ अंकले बढेर २६८९ अंकमा रोकिएको छ।
वर्षको पहिलो दिन परिसूचक मात्रै नभइ कारोबार रकममा पनि उल्लेख्य बढेको छ । आज ८ अर्ब ५४ करोड बढीको कारोबार भएको छ, जबकी आइतबार ६ अर्ब २८ करोडको कारोबार थियो ।
२१२ कम्पनीको मूल्य बढ्दा ३४ कम्पनीको भने घटेको देखिएको छ।
 
प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  १६:२५
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
