Harsamaya
राजावादी र गणतन्त्रवादीले भृकुटीमण्डप र तीनकुनेमा प्रदर्शन गर्ने
भृकुटीमण्डपमा प्रदर्शन।

काठमाडौं - गणतन्त्रको पक्षधर र राजावादीहरूको काठमाडौंमा एकैदिन प्रदर्शन हुँदैछ । चैत १५ मा समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्दैछन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले पनि  त्यसैदिन तीनकुनेमा प्रदर्शन गर्ने भएको छ । नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले पनि प्रदर्शन गर्ने घोषणा गरेको छ । राजावादीहरूको प्रदर्शन तीनकुनेमानै हुनेछ । 

गणतन्त्र पक्षधर समाजवादी मोर्चाले भृकुटीमण्डपमा प्रदर्शन र सभा गर्न स्थानीय प्रशासनसँग अनुमति लिएको छ । प्रसाईं नेतृत्वको समूहले चाहिँ काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्नेबारे प्रशासनलाई जानकारी गराएका छन् । तीनकुनेमा प्रमुख अतिथि नवराज सुवेदी हुने भएका छन् । 

समाजवादी मोर्चाले भृकुटीमण्डपमा र राजावादी समूहले तीनकुनेमा प्रदर्शन गर्नेबारे जानकारी गराएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए ।प्रदर्शन गर्नुअघि स्थानीय प्रशासनबाट अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ ।

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update