भाषा संरक्षणमा नयाँ पहल, नेपालका १२५ भाषाका लागि ‘दुबो फन्ट’

काठमाडौं - नेपालको भाषिक विविधतामा लेखनको एकरूपता ल्याउने ऐतिहासिक प्रयास स्वरूप ‘दुबो’ नामक नयाँ फन्ट विकसित गरिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको विशेष पहलमा तयार पारिएको यो फन्टले विशेष गरी लिपि नभएका भाषाहरूको लेखनलाई सहज बनाउने अपेक्षा गरिएको छ।
कलाकार रमेश पौडेलद्वारा डिजाइन गरिएको ‘दुबो फन्ट’ देवनागरी र युनिकोडभन्दा भिन्न लेआउटमा भए पनि प्रयोगमैत्री रहेको बताइएको छ। कुल २२४ क्यारेक्टर रहेको यो फन्ट प्रतिष्ठानलाई हस्तान्तरण गरिएपछि भाषाविद्हरूको जमघटमा यसको महत्त्व र सम्भावनाहरूबारे व्यापक छलफल भएको थियो।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले ‘दुबो’ फन्टलाई नेपालका भाषाहरूको साझा पहिचानको प्रतीक बताउँदै यसलाई डिजिटल प्लेटफर्ममा व्यापक प्रयोगको लागि प्रवर्द्धन गरिने जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१ ११:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय