
महोत्तरी - जग्गा नक्सा सुधारको नाममा सेवाग्राहीसँग घुस लिएको आरोपमा कर्मचारी र कानुन व्यवसायी अख्तियारको फन्दामा परेका छन् । भूमिसुधार तथा मालपोत कार्यालय, महोत्तरीका खरिदार मुन्नु कुमार दास र लेखापढी कानुन व्यवसायी जिवछ महतो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका हुन् ।
अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई सेवाग्राहीबाट ३५ हजार घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरेको हो। ट्रायल चेक गरी नक्सा सुधार गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागिएको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएपछि फागुन २७ गते मालपोत कार्यालय, जलेश्वरबाट दुवै जनालाई नियन्त्रणमा लिइएको हो।
यस घटनाले मालपोत कार्यालयमा चल्दै आएको अनियमितता र भ्रष्टाचारको नयाँ पाटो उजागर गरेको छ। अख्तियारले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
विज्ञप्ति :-