ओमानस्थित नेपाली राजदूतावास बन्द हुने (पत्रसहित)

ओमान - नेपाली समुदायका लागि महत्त्वपूर्ण चाड फागु पूर्णिमाको अवसरमा नेपाली राजदूतावास, मस्कट आगामी फागुन २९ गते (१३ मार्च २०२५, बिहीबार) बन्द रहने भएको छ।
राजदूतावासले जारी गरेको आधिकारिक सूचनाअनुसार होली पर्वको बिदाका कारण उक्त दिन कुनै पनि दूतावासीय सेवा सञ्चालन हुने छैन। साथै, राजदूतावास चैत्र ३ गते (१६ मार्च २०२५, आइतबार) देखि नियमित रूपमा सञ्चालनमा आउने जानकारी गराइएको छ।
ओमानस्थित नेपाली समुदायका लागि दूतावासको सेवा अस्थायी रूपमा बन्द हुने भएकाले अत्यावश्यक कामका लागि सम्बन्धित व्यक्तिहरूले अग्रिम योजना बनाउन अनुरोध गरिएको छ।
प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१ १६:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय