हलेसी तुवाचुङको पहिचान: ऐतिहासिक, धार्मिक सम्पदासहित नयाँ लोगो सार्वजनिक

खोटाङ - ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व झल्काउने हलेसी तुवाचुङ नगरपालिकाको आधिकारिक प्रतीक चिह्न (लोगो) सार्वजनिक गरिएको छ। १५औँ नगरसभाले स्वीकृत गरेको लोगो पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक गरेका हुन्।
नगरपालिकाले विभिन्न प्रस्तावहरूमध्ये बडहरेका सन्तोष दाहालद्वारा डिजाइन गरिएको लोगो उत्कृष्ट ठहर गरेको हो। अब नगर क्षेत्रका सबै जनप्रतिनिधिले अनिवार्य रूपमा नयाँ लोगो प्रयोग गर्नेछन्।
हलेसी तुवाचुङ क्षेत्रको त्रिधार्मिक महत्व र हिमाली सौन्दर्यलाई समेटेर डिजाइन गरिएको लोगोले नगरपालिकाको पहिचान झल्काउने नगर प्रमुख विमला राईले बताइन्।
प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१ ०८:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय