Harsamaya
पहिलो पटक लिमी पुग्यो आयोडिनयुक्त नुन
आयोडिनयुक्त नुन।तस्बिर: हर समय/Har Samaya

हुम्ला - नाम्खा गाउँपालिका-६ स्थित हिमालपारिको गाउँ लिमीमा पहिलो पटक साल्ट ट्रेडिङ कर्पोरेसनको आयोडिनयुक्त नुन पुगेको छ। नाम्खा गाउँपालिका सडक सञ्जालसँग जोडिएसँगै वडाको पहलमा नुन लिमी पुगेको र स्थानीयले उपभोग गर्न पाएका छन् ।

लिमीको हल्जीगाउँका फुर्बा तामाङले सिङ् गो गाउँवासीले पहिलो पटक आयोडिनयुक्त नुन उपभोग गर्न पाएको बताए । यसअघि ढिके नुन प्रयोग गर्दै आएकामा यस पटकबाट लिमीको हल्जीगाउँका स्थानीयले आयोडिनयुक्त नुनको प्रयोग गर्न पाएको उनले जनाए ।

लिमीका वडाध्यक्ष पाल्जोर तामाङले निक्कै लामो प्रयासपछि लिमीमा लिमिटेडको ढुवानी अनुदानको नुन प्रयोग गर्न पाएको बताए । उनले पहिलो पटक १२० क्विन्टल नुन लिमी पुऱ्याएर स्थानीयलाई वितरण गरेको र अब उक्त नुन लिमीवासीले उपभोग गर्न सुरु गरेको जनाए ।

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  ०८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update