४२ वटा ट्रिपरहरूलाई कारबाही

काठमाडौं - काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले रातको समयमा उपत्यकाको विभिन्न स्थानबाट नियम विपरीत संचालन भएका ४२ वटा ट्रिपरहरुलाई नियन्त्रणमा लिई कारबाही गरेको छ ।
यसरी नियन्त्रणमा लिएका ट्रिपरहरुमा ढाला थप गरि स्वरूप परिवर्तन गरेका २७ वटा, ओभरलोड बोकेको कसुरमा १० वटा र कागजपत्र नभएका ५ वटा सवारी साधन नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका ट्रिपरको ढाला हटाई, ओभरलोड मिलान गरि आवश्यक कारबाहि पश्चात् मात्र छाडिने काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१ २२:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय