Harsamaya
गोरखामा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु, १४ जना घाइते
घाईतेलाई आँबुखैरेनी अस्पतालमा लगिदैं ।

काठमाडौं - गोरखामा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शहीद लखन गाउँपालिका वडा नम्बर ३ मा भएको  दुर्घटनामा १४ जना घाइते भएका छन् ।

मनकामना मन्दिर दर्शनार्थी सवार ‘अनटेस्ट’ ईभी माइक्रोबस आँबुखैरेनी–गोरखा सडक खण्डमा दुर्घटना भएको हो ।

आज बिहान ११:२५ बजे भएको दुर्घटनामा मृत्यु भएका र घाइते भाकाहरूको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । घाइतेहरू सबैलाई उपचारका लागि तनहुँको आँबुखैरेनी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  १२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update